

उडान रद्द हुँदा मोरक्कोका समर्थक रंगशाला पुग्नबाट वञ्चित

राबाट – रोयल एयर मासोकले मोरक्कोबाट कतारका लागि बुधबार तय भएका उडान रद्द गरेपछि समर्थक रंगशाला पुग्नबाट वञ्चित भएका छन्। फिफा विश्वकपको दोस्रो सेमिफाइनलमा बुधबार राति मोरक्कोले साविक बिजेता फ्रान्ससँग खेल्दै छ।
सोही खेलमा राष्ट्रिय टिमको समर्थन गर्न अफ्रिकाबाट मध्यपूर्व आउन टिकट काटेका समर्थकहरू राबाटमै रोकिएको रोएटर्सले जनाएको छ।कतारी अधिकारीको निर्णयका कारण एयरलाइन्सले उडान रद्द गर्नु परेको रोएटर्सले उल्लेख गरेको छ।
‘कतारी अधिकारीहरूले लागू गरेको नयाँ मापदण्डका कारण कतार एयरमार्फत बुधबार कतारका लागि तय भएका उडान रद्द भएको जानकारी गराउनुपर्दा दुःख लागेको छ,’ यात्रुलाई पठाइएको ईमेलमा लेखिएको छ।
यो विषयमा कतार सरकारले प्रतिक्रिया दिन अस्वीकार गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्। यसअघि रोयलले ३० अतिरिक्त उडानमार्फत समर्थकलाई मोरक्को र फ्रान्सबीचको खेलका लागि कतार जान सहयोग गर्ने बताएका थियो। तर, रोयलनिटक स्रोतलाई उद्धृत गर्दै रोएटर्सले १४ उडान मात्रै तय भएको दाबी गरेको छ।

