पूर्वराष्ट्रपति चियाङको इच्छा अनुसार अस्तु समुन्द्रमा विसर्जन


सांघाई – चिनियाँ पूर्व राष्ट्रपति चियाङ जमिनको अस्तुलाई समुन्द्रमा विसर्जन गरिएको छ। गत नोभेम्वर ३० मा सांघाईमा निधन भएका सीपीसीका पूर्व महासचिव समेत रहेका ९६ वर्षीय चियाङको अन्त्येष्टि डिसेम्वर ५ मा बेइजिङमा भएको थियो।

चियाङको इच्छा र परिवारको चाहना अनुसार याङ्ट्जी नदीको मुहान रहेको समुन्द्रमा विसर्जन गरिएको हो। उनको अन्त्यष्टिसँगै डिसेम्बर ६ मा बेइजिङस्थित ग्रेट हल अफ पिपल्समा स्मृति समारोहको आयोजना गरिएको थियो।

उनको अस्तुलाई बेइजिङबाट सीपीसीका पोलिटव्युरो स्थायी कमिटीका सदस्य साइ छी, उनकी धर्मपत्नी वाङ येपिङ र अन्य आफन्तले समुद्रसम्म लगेका थिए। समुद्रमा स्थानी परम्परा अनुसार विसर्जन गरिएको हो।

बिहान चियाङको अस्तुलाई विशेव बहानमार्फत सीपीसी हेडक्वार्टर चोङ्नानहाईबाट सिचियाओ विमानस्थल लगिएको थियो। त्यहाँबाट उनको अस्तुलाई विशेष विमानमार्फत सांघाईस्थित होङछियाओ विमानस्थलमा पुर्‍याइएको थियो। त्यहाँबाट सैन्य पोर्टमा रहेको सैन्य भेसल सीएनएस याङ्चोमा पुर्‍याइएको थियो। याङ्चो जियाङ्सु प्रतानस्थित चियाङको गृह नगर हो।

त्यहाँबाट सैन्य जहाजमार्फत समुन्द्रमा उनको अस्तुलाई पुष्पगुच्छासँगै विसर्जन गरिएको हो।

प्रतिक्रिया