

सीमावर्ती क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप

नयाँ दिल्ली – भारतको अरुणाचलमा भारतीय सैनिक र चिनियाँ सैनिकबीच झडप भएको छ । अरुणाचलको सीमावर्ती क्षेत्रमा दुवै पक्षबीच झडप भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
समाचार अनुसार झडपमा दुवै पक्षका सैनिकहरू घाइते भएका छन् । भारतको रक्षा मन्त्रालयले घटना गत ९ डिसेम्बरमा घटेको जनाएको छ ।
तवांगमा चिनिया सैनिकहरू प्रवेश गरेपछि झडप भएको बताइएको छ । तीन सय बढी चिनियाँ सेनाहरूले सीमावर्ती क्षेत्रमा प्रवेश गर्न खोजेपछि भारतीय सेनाले हस्तक्षेप गरेको समाचारमा उल्लेख छ । चिनियाँ पक्षले भने यसबारे केही खुलाएको छैन ।

