जुम्लाले पायो ३१ वर्षमुनिका तीन सांसद


जुम्ला – देशभरका समानुपातिक मत परिणाम सार्वजनिक भएसँगै जुम्लामा एकजना प्रत्यक्ष सहित ४ जना संघीय सांसद निर्वाचित भएका छन्। प्रत्यक्षतर्फ निर्वाचित भएका राप्रपा प्रवक्ता ज्ञानबहादुर शाही(ज्ञानेन्द्र) अहिले ३० वर्षका भए ।

जुम्लामा समानुपातिकतर्फ पनि तीन अरु सांसद निर्वाचित भएका छन्। जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका विनिता कठायत, नेपाली कांग्रेसका केन्द्रीय सदस्य कान्तिका सेंजुवाल र नेकपा माओवादी केन्द्रका छिरिङ लामा निर्वाचित भएका छन्।

उनीहरु तीन जनामध्ये विनिता २७ वर्षकी भइन् भने छिरिङ ३१ वर्षकी भइन् । समानुपातिकमा १० हजार ५ सय ४८ मतसहित पहिलो बनेको नेकपा एमालेबाट भने जुम्लामा कोही पनि पर्न सकेनन्।

नेपाली कांग्रेसले १० हजार ४ सय ७६ मत प्राप्त गरेको थियो भने माओवादी केन्द्रले ८ हजार ९ सय ६० मत प्राप्त गरेको थियो। त्यसैगरी, राप्रपाले ५ हजार ७ सय ९६ मत प्राप्त गरेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीले ८९९ मत प्राप्त गरेको थियो।

प्रतिक्रिया