साइत हेरेर मुख्यमन्त्रीको कार्यालयमा गृह प्रवेश कार्यक्रम


दाङ – लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा गृह प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

स्थायी राजधानी स्थलमा निर्मित मुख्यमन्त्री निवासमा साइत हेरेर मुख्यमन्त्री कुलप्रसाद केसीले बिहान ९ बजे शुभ साइत पारेर गृह प्रवेश गरेका हुन् । साबिक राप्ती प्राविधिक शिक्षालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र निवास तयार पारिएको छ ।

विसं २०७७ असोज २० मा प्रदेशसभाको दुई तिहाइ बहुमतले लुम्बिनी प्रदेशको राजधानीको टुङ्गो लगाएको थियो । निर्णय भएको दुई वर्ष दुई महिनापछि मुख्यमन्त्री कार्यालय राजधानी क्षेत्रमा स्थापना गरिएको छ । अन्य मन्त्रालयसमेत स्थापनाको तयारी भइरहेको छ ।

प्रतिक्रिया