

कांग्रेसलाई ठूलो दल बनाएकोमा देउवाले दिए धन्यवाद

काठमाडौं — नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई ठूलो पार्टी बनाएकोमा धन्यवाद दिएका छन्।
मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आइसकेपछि देउवाले सामाजिक सञ्जालमार्फत कांग्रेसलाई संसद्को सबैभन्दा ठूलो दल बनाएकोमा धन्यवाद दिएका हुन्।
कांग्रेसले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ सिट र समानुपातिकतर्फ ३२ सिट जितेको छ। प्रतिनिधिसभा संसद्मा अब कांग्रेसका ८९ जना सांसद हुनेछन्।

