संसद सचिवालयको पत्र खारेजको माग गर्दै रिट


काठमाडौं — संघीय संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई दिएको पत्र खारेजको माग गर्दै रिट पेश भएको छ ।

जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भनी संघीय संसदका महासचिव  भरतराज गौतमले दिएको पत्र अवैधानिक रहेको भन्दै सर्वोच्च बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य लगायतका पदाधिकारीहरुले रिट पेश गरेका हुन् ।

पेश गरिएको उक्त पत्रमा असंवैधनिक  र गैर कानुनी भएकाले बदर हुनु पर्ने  माग गरिएको सर्वोच्च बार एशोसिएशनका सदस्‍य अनन्तराज लुइँटेलले जानकारी दिए ।

प्रतिक्रिया