

बेइजिङको सार्वजनिकस्थलमा प्रवेश गर्न कोभिड परीक्षण आवश्यक नपर्ने

काठमाडौं – चीनको राजधानी बेइजिङमा सार्वजनिकस्थलमा प्रवेश गर्न कोभिड परीक्षण आवश्यक नपर्ने भएको छ।
स्थानीय सरकारले मंगलबार दिएको जानकारी अनुसार सुपरमार्केट, सपिङ मल तथा कार्यालयमा जान परीक्षण हुनैपर्ने व्यवस्था हटाइएको हो।ती स्थानमा जान अब कोभिड परीक्षण आवश्यक पर्ने छैन।
सार्वजनिक यातायातमा पनि कोरोनाको नेगेटिभ रिपोर्ट नदेखाउँदा अस्वीकार गर्न नहुने जनाइएको छ। तर, इन्टरनेट क्याफे, बार, नर्सिङ होम, विद्यालय लगायतका स्थानमा जान भने कोभिड परीक्षण अनिवार्य छ।

