हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु


उर्लाबारी – मोरङको सुन्दरहरैचा १० का ७३ वर्षीय वृद्धको हात्तीको आक्रमणबाट मंगलबार मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट अजय बास्तोलाको मृत्यु भएको स्थानीय कमलादेवी अधिकारीले बताए ।

स्थानीय मुनाल सामुदायिक वनमा घाँस काट्न गएका बेला अजय हात्तीको आक्रमणमा परेका थिए। श्रीमती जानुकासँग जङ्गल गएका बास्तोला हात्तीको आक्रमणमा परेपछि जानुकाले भागेर ज्यान जोगाएका थिए।

१ महिना यता मोरङमा हात्तीले दैनिक जसो उपद्रो गरिरहेको छ। हुलका हुल आउने हात्तीले मिक्लाजुङ र लेटाङको ८ र ९ नम्बर वडामा किसानले कुन्यु लगाएर थ्रेसिङका लागि राखेको धान खाएर दुःख दिइरहेका छन्।

प्रतिक्रिया