

राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगे सञ्चारमन्त्री कार्की

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।
सत्ता समीकरणका विभिन्न प्रयास भइरहेका बेला सञ्चारमन्त्री कार्की मंगलबार बिहान राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए । भेटमा सम्भावित सत्ता समीकरण र समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
उनीहरूबीच झण्डै ४५ मिनेट कुराकानी भएको थियो । भेटमा निर्वाचनको नतिजा र सम्भावित सत्ता समीकरणबारे राष्ट्रपतिले चासो राखेको स्रोतले जनाएको छ ।
कार्कीले वर्तमान सत्ता गठबन्धनको सोमबारको बैठकमा यही गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको बताएका थिए ।
प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि कार्कीले राष्ट्रपति भेट्नुलाई राजनीतिक भेटका रुपमा लिइएको छ ।

