महाकाली घटनाबारे भारतलाई आज कूटनीतिक नोट पठाइँदै


दार्चुला – महाकाली नदीमा भारतीय पक्षले तटबन्ध बनाइरहेको विषयमा परराष्ट्र मन्त्रालयले सोमबार भारतलाई कूटनीतिक नोट पठाउने भएको छ।

दार्चुलाको सदरमुकाम खलंगापारि भारतले तटबन्ध बनाउँदा नेपाललाई असर पर्ने भन्दै स्थानीयले विरोध गरेका थिए।

नेपाली पक्षको विरोधपछि आइतबार महाकाली वारिपारि नेपाली र भारतीयबीच ढुंगा हानाहान भएको थियो।

उक्त घटनाबारे गृहमन्त्रालयले रिपोर्ट परराष्ट्र मन्त्रालयलाई पठाइसकेको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार दुई पक्षको वार्तापछि तत्काल विवादित क्षेत्रमा तटबन्ध नबनाउने सहमति स्थानीय अधिकारीहरूबीच भएको छ।

 

प्रतिक्रिया