

काठमाडौँ महानगरले माग्यो करारमा इन्जिनियर (सूचनासहित)

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले करारमा इन्जिनियर नियुक्त गर्ने भएको छ।
महानगरले मातहतका कार्यलयमार्फत सम्पादन हुने पूर्वाधार सम्बन्धी कामका लागि करारमा इन्जिनियर नियुक्त गर्ने भएको हो।
अस्थायी तथा वैकल्पिक योग्यता क्रममा भएका सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर र स्ट्रक्चर इन्जिनियर उम्मेदवारहरूलाई सात दिनभित्र आवश्यक कागजातसहित निवेदन दिन महानगरले एक सूचना जारी गर्दै आग्रह गरेको छ ।

