


दोलखामा पुन: माओवादीका गंगा कार्कीले लिए अग्रता, २७१ मतले पछि परे बालकृष्ण

काठमाडौं – एक मात्र निर्वाचन क्षेत्ररहेको दोलखामा पछिल्लो मतपरिणाम अनुसार पुनस् गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् ।
कार्कीले २१ हजार ४१२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले २१ हजार १४३ मत प्राप्त गरेका छन् ।
कार्की र शिवाकोटी बीचको मतअन्तर अहिले २७१ रहेको छ ।

