भ्रष्टाचार र कमिसनतन्त्र रोक्न सके मात्र देश विकास सम्भव : रामचन्द्र पौडेल


काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भ्रष्टाचार र कमिसनतन्त्र रोक्न सके मात्र देश विकास हुने बताएका छन् ।

तनहुँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले अब बन्ने सरकारले राजनीतिक स्थिरतासहित सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्नुपर्नेमा जोड दिए ।

‘देशलाई सुशासन आवश्यक छ, भ्रष्टाचार र कमिसनतन्त्र रोक्न सक्यौँ भने देशको विकास हुन्छ’, उनले भने । यस्तै नेता पौडेलले कृषिमा क्रान्ति गरेर खाद्यान्नमा आत्मनिर्भर बन्न सकिने बताए ।

‘देशलाई सुशासन आवश्यक छ, भ्रष्ट्राचार र कमिशनतन्त्र रोक्न सक्यौँ भने देशको विकास हुन्छ’, नेता पौडेलले भने, ‘कृषिमा क्रान्ति गरेर खाद्यान्नमा आत्मनिर्भर हुनुपर्छ, पर्यटनको विस्तार गाउँसम्म पुर्याउनुपर्छ, गाउँगाउँमा उद्योग खोल्नुपर्छ, यसले गाउँमा नै रोजगारी सिर्जना गर्छ र समृद्ध मुलुक बनाउन सकिन्छ ।’

उनले नवनिर्वाचित जनप्रतिनिधिले जनताको विश्वासमा धोका दिन नहुने बताए । उनले आजै पुलिमराङस्थित सहिद पार्क पुगी सहिदको सालिकमा माल्यापर्ण गरेका थिए । त्यस अवसरमा उहाँले आफू सहिद धर्मध्वज गुरुङको प्रेरणाले राजनीतिमा लागेको बताए ।

प्रतिक्रिया