

बाजुरामा बद्रीको लगातार अग्रता, ३ हजार बढी मतले पछाडि परे एमाले उम्मेदवार थापा

बाजुरा — बाजुरामा जारी मतगणना नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले लगातार अग्रता लिएका छन् ।
अहिलेसम्म गरिएको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार पाण्डेले करिब ३ हजार बढी मतले अग्रता लिएका हुन् ।
पाण्डेले २६ हजार ८ सय ७४ मत ल्याएका छन्। यहाँ नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २३ हजार ५ सय ८० मत ल्याएका छन्।
पाण्डे र थापाबीच ३ हजार २ सय ९४ को मतान्तर छ।
राप्रपाका उम्मेदवार जंगकुमार गिरीले १६६ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ९३ मत ल्याएका छन्।
प्रदेशसभा (क) मा भने एकीकृत समाजवादीका उम्मेदवार भईसकेका छन् । मतगणना अन्तिम चरणमा रहेको पनि जनाइएको छ ।

