कांग्रेस प्रवक्ता प्रकाशशरण र प्रचण्डबीच भेटवार्ता


काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा‍‍। प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

प्रचण्ड निवास खुमलटार पुगेर प्रवक्ता महतले प्रचण्डलाई भेटेका हुन् ।

शनिबार बिहान भएको भेटमा अध्यक्ष प्रचण्डलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिँदै, गठबन्धन र समसामयिक राजनीतिक विषयमा छलफल भएको उनले बताए ।

 

प्रतिक्रिया