
३ एशियाली टिम नकआउट चरणमा, आज अर्जेन्टिनाले अष्ट्रेलियाको सामना गर्दै
काठमाडौं – एसियाली मुलुक अष्ट्रेलिया, जापान र दक्षिण कोरियाले विश्वकप फुटबलमा ऐतिहासिक कीर्तिमा कायम गरेका छन् ।
कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा एसियाका यी तीन राष्ट्र नकआउट चरणमा स्थान बनाउँदै पहिलोपटक एसियाबाट ३ टिमले नकआउट चरण प्रवेशको कीर्तिमान बनाएका हुन् ।
यस विश्वकपमा एसियाबाट कीर्तिमानी ६ टिमले विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । जसमा एकै संस्करणमा अहिलेसम्मकै तीन एसियन टिमले नकआउट चरणमा स्थान बनाएका हुन् ।
शुक्रबार दक्षिण कोरियाले पोर्चुगलमाथि २-१ को शानदार पुनरागमन जित निकाल्दै एसियाबाट अन्तिम १६ मा पुग्ने तेस्रो टिम बनेको हो ।
कोरिया समूह एचको उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । अष्ट्रेलिया समूह डी को उपविजेता तथा जापान समूह इ को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।
यस विश्वकपमा एसियाली मुलुकहरुबाट विश्व फुटबलका महारथीहरु जर्मनी, अर्जेन्टिना र पोर्चुगल जस्ता देशहरु पराजित भएका छन् ।
अब अन्तिम ८ प्रवेशका लागि अष्ट्रेलियाले अर्जेन्टिना, जापानले क्रोएशिया र दक्षिण कोरियाले ब्राजिलसँग भिड्ने भएका छन् ।
आयोजक कतार, इरान र साउदी अरेबिया भने समूह चरणबाटै बाहिरिएका छन् ।



कागजपत्र |
