
धनराज गुरूङको लगातार अग्रता, चापाकोट नगरपालिकामात्र गणना गर्न बाँकी
स्याङ्जा – स्याङ्जा–२ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।
निर्वाचन आयोगबाट प्राप्त पछिल्लो मत परिणामअनुसार गुरुङले २२ हजार १२० मत पाएका छन् ।
उनलाई पछ्याइरहेकी नेकपा (एमाले)की उमेदवार पद्मा अर्यालले २० हजार ४९ मत पाएकी छन् । अर्याल गुरुङभन्दा दुई हजार ७१ मतले पछाडि छन् ।
अब गल्याङ नगरपालिकाको एउटा वडा र चापाकोट नगरपालिकाको मत गणना गर्न बाँकी रहेको छ ।



कागजपत्र |
