बाजुरामा मतगणना पुनः सुचारू


बाजुरा – बाजुरामा मतगणना पुनः सुचारू भएको छ । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार रोकिएको प्रतिनिधि र प्रदेश सभा दुवैतर्फको मत गणना सुरु भएको हो।

मुचुल्का भन्दा बढी मत भेटिएपछि विवाद हुँदा बिहानदेखि बाजुरामा मत गणना रोकिएको थियो। ‘मतदान अधिकृतले जे मुचुल्का बनाएका छन, सोही अनुसार नया मुचुल्का बनाएर मत गणना अगाडि बढाउने सहमती भयो’ पौडेलले भने।

बाजुराको प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे र एमालेका सुदूरपश्चिम सहइन्चार्ज कर्णबहादुर थापा उम्मेदवार छन् । मतगणना रोकिनु अघि कांग्रेसका पाण्डेले १११२ मतले अग्रता बनाएका थिए ।

पाण्डेले ५ हजार ४१९ मतसहित अग्रता लिएका छन् भने उनका निकटतम प्रतिस्पर्धी थापाले ४ हजार १२९ मतले पछ्याइरहेका छन् ।

प्रतिक्रिया