८० कित्ता पक्का, सुरुमै कारोबार मूल्य ३४० !


हालसालै चर्चाको शिखरमा रहेको बिषय नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयर (आइपीओ) को बाँडफाँड यसै साता हुने भएको छ । शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस् क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार हाल बैंकहरुले शेयर आवेदनको डाटालाई भेरिफाइड गरिरहेका र सो काम बुधबारसम्म सक्किए बुधबार नै प्रि–अलोटमेन्ट गरी शुक्रबारसम्म शेयर बाँडफाँड गर्ने तयारी रहेको छ । यदि बुधबारसम्म बैंकहरुले भेरीफाइड गरी नसके शुक्रबार प्रि–अलोटमेन्ट गरी अर्को हप्ताको आईतबारसम्म शेयर बाँडफाँड हुने पक्का भएको छ ।

बैंकल माघ २ गते, शुक्रबारदेखि माघ ६ गते, मंगलबारसम्म प्रतिकित्ता १०० को दरले ७ करोड ५८ लाख ४० हजार कित्ता शेयरको लागि आवेदन खुलाएकोमा १५ लाख २१ हजार ४ सय ६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैँया बराबरको १८ करोड १२ लाख ८६ हजार ७ सय २० कित्ताको लागि आवेदन दिएका थिए । यो सर्वसाधारणका लागि माग गरीएको भन्दा २.४१ गुणा बढी आवेदन हो भने १५ लाखभन्दा बढी लगानीकर्ताले आवेदन दिएको यो नै पहिलो पटक हो ।

कति कित्ता पर्ला त शेयर ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ठूलो परिमाणमा शेयर खुलाएको कारण धेरैलाई धेरै शेयर आफ्नो भागमा पर्ने अपेक्षा रहेको देखिन्छ । सामान्य हिसाबमा जम्मा परेको आवेदन र आवेदन मागको संख्यालाई हेर्दा सबैको भागमा ५० कित्ता शेयर पक्का जस्तै देखिन्छ । तर वर्तमान समयमा मात्रै ह्वात्तै बढेको डिम्याट खाता र शेयर आवेदन संख्यालाई हेर्दा केहि कारणबश ५० कित्ता भन्दा बढी शेयर भागमा पर्ने पक्का देखिन्छ ।

कसरी बढ्ला त तपाइँको शेयर भाग ?

भर्खरै बाँडफाँड सकिएको चन्द्रागिरी हिल्सको साधारण शेयरको बारेमा त धेरैलाई अवगतै होला । चन्द्रगिरी हिल्सले निष्कासन गरेको साधारण शेयरमा आवेदन दिएकाहरु मध्ये ०.४८ प्रतिशत आवेदन बदर भएका थिए । यसर्थ आवेदन दिएका सबै शेयरहरु सदर हुन्छन् भन्ने छैन, जसले गर्दा शेयर सामान्य हिसाब गरेभन्दा केहि बढी भागमा पर्न आउँछ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ठूलो परिमाणमा आवेदन खुलाएकोमा १५ लाख भन्दा धेरैले आवेदन दिएका थिए भने धेरै शेयर पर्ने प्रलोभनले धेरै शेयर कित्ताको लागि आवेदन पनि दिएका थिए । तर एकातिर बैंकको सर्वे अनुसार आवेदन दिएकाहरुमध्ये धेरैको शेयर आवेदन दिएअनुरुप बैंकमा पैसा अपुग भएकै कारण बदर भएका छन् भने अर्कातिर बोरे प्रवृत्तिका कारण धेरै नै शेयर बदर भएका छन् ।

के हो त ‘बोरे’ प्रवृत्ति ?

कोहि पनि मानिसले आफ्नो हाड नाता नभएका छरछिमेक र टोलमा बस्ने धेरैको नक्कली खाता बनाएर आफ्नो एकल लाभको लागि अबैधानिक रुपमा शेयर आवेदन दिनु नै ‘बोरे’ प्रविृत्ति हो । यस्तो प्रवृत्तिमा परेकाहरुलाई यसबारे ज्ञान नहुन पनि सक्छ । हाल लगभग सात लाख फेक अकाउन्टबाट शेयर भरिने गरेको जुन सबै बोरे प्रविृत्ति चलाउने मात्र हुन भन्ने स्रोतको दाबि रहेको छ । हाल अत्याधिक मात्रामा बढेको डिम्याट खातालाई हेर्दा बोरे प्रविृत्तिमा परेका धेरैले एउटै नामबाट फेरी खाता बनाएर शेयर आवेदन दिँदा धेरैको आवेदन बदर हुने पक्का छ ।  बोरे प्रवृत्ति गर्ने र यसमा पर्ने दुबै खाताको आवेदनलाइ गनिन्छ तर एउटै नामको हुनाले दुवै आवेदन बदर हुन्छ । त्यसैले नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लागि परेका आवेदनहरु धेरै बदर हुने भएकाले कम्तिमा पनि ७० कित्ता पर्ने कुरा पक्का पक्की अनुमान लगाउन सकिन्छ ।

कति पुग्ला त सुरुवाती शेयर मूल्य ?

धेरैलाई इच्छा हुन्छ कि आफूले गरेको लगानी ले कति प्रतिफल दिन्छ ? र यो स्वाभाबिक पनि हो । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर परिमाण धेरै हुनाले धेरैलाई लागेको होला यसको शेयर मूल्य धेरै पुग्दैन भनेर, तर तपाइँको अनुमान जे पनि हुन सक्छ । गत बर्ष चैत्रमा ठूलो परिमाणमा खुलेको नेपाल पुर्नबिमा कम्पनीको शेयरमा पनि धेरैको यस्तै नै अनुमान थियो तर निकै छोटो अवधिमा नै हालसालै उक्त कम्पनीको शेयर मूल्य रु १७५० प्रति शेयरसम्म पुगेको कुरा देख्नुभएकै होला । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको स्ट्रङ्ग फन्डामेन्टल, स्ट्रङ्ग प्रोमोटर शेयरहोल्डर, स्ट्रङ्ग मेनेजमेन्ट टिम, धेरै पूँजी र यो नै नेपालको हालसम्मकै एकमात्र इन्फ्रास्ट्रक्चर बैंक भएकाले यसको शेयर मूल्य निकैनै राम्रो हुने कुरा प्रष्ट छ । सुरुवाती मूल्यको कुरा गर्नु पर्दा यस बैंकको हालको नेट वर्थ रु ११३.६२ रहेको छ । कारोबार सुरु हुँदा यस बैंकको प्रति शेयर मूल्य कम्तिमा रु ११३.६२ देखि बढीमा हालको नेट वर्थको तीन गुणा अर्थात् रु ३४०.३६ बाट सुरु हुन्छ भने सबैकुरा हेर्दा भबिष्यमा यस बैंकको शेयर मूल्य धेरै नै माथि पुग्ने कुरामा कुनै दुईमत छैन ।

प्रतिक्रिया