
देशभर थपिए ५ संक्रमित, २४ जना कोरोनामुक्त
काठमाडौं – देशभर पछिल्लो २४ घन्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९०३ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार उक्त अवधिमा २४ जनाले कोरोनाविरुद्ध जित हात पारेका छन ।
त्यस्तै उक्त अवधिमा १८ हजार ५०२ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।
अहिलेको अवस्थामा नेपालमा १५६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।




कागजपत्र |
