समानुपातिकमा केही पार्टीको मत अस्वाभाविक वृद्धि : अध्यक्ष ओली


काठमाडाैं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही पार्टीको मत वृद्धि अस्वाभाविक भएको दाबी गरेका छन् । उनले एउटा पार्टीलाई आएको केही समानुपातिक मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य भएको हुनसक्ने भन्दै चनाखो बन्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

‘समानुपातिक मतगणना भइरहेको छ। सुरुदेखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मतवृद्धि अस्वाभाविक देखिन्छ। एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ’, ओलीको भनाइ छ, ‘ जिल्ला जिल्लामा मतगणनामा रहनु भएका साथीहरू चनाखो रहनुहोस् । मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु।’

समानुपातिक मतगणनामा नेकपा एकीकृत समाजवादीको मतवृद्धि भएको ओलीको संकेत छ । ओलीले निर्वाचन अघि एकीकृत समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्न नसक्ने ठोकुवा गरेका थिए ।

प्रतिक्रिया