
स्याङ्जा १ मा कांग्रेसका राजु थापा विजयी
स्याङ्जा – स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजु थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
थापाले निकटतम प्रतिस्पर्धी नारायणप्रसाद मरासिनीलाई तीन हजार २५५ मतले पराजित गरेका हुन् । सदर मत ६८ हजार ५९४ मा थापाले ३१ हजार ९९९ र मरासिनीले २८ हजार ७४४ मत प्राप्त गरेका छन् ।
थापाले मरासिनीलाई दोस्रो पटक पराजित गर्दै संघीय सांसदमा यात्रा तय गरेका हुन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बोधराज रेग्मीले ६ हजार ६५ मत पाएका छन् ।



कागजपत्र |
