रामेछाप- १ काे ‘क’ मा तारानारायण श्रेष्ठ निर्वाचित


रामेछाप – रामेछाप–१ को क मा तारानारायण श्रेष्ठ निर्वाचित भएका छन् । लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार श्रेष्ठ नेकपा (माओवादी केन्द्र)का नेता हुन् ।

श्रेष्ठले १७ हजार १४८ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शान्तिप्रसाद पौडेले १५ हजार एक सय ५७ मत प्राप्त गरेका थिए ।

यसैबीच रामेछाप–१ को ख मा मतगणना सुरु भएको छ । यो समाचार तयार पार्दासम्म खाँडादेवी गाउँपालिकाका केही वडाको मत गणना हुँदा एमालेका मिलन घिसिङले दुई हजार आठ सय १६ मत प्राप्त गरेको छ भने माओवादी केन्द्रका युवराज चौलागाईँले दुई हजार एक सय ४८ मत प्राप्त गरेका छन्।

त्यसैगरी प्रतिनिधिसभा सदस्यका लोकतान्त्रिक–वाम गठबन्धनका कांग्रेसका उम्मेदवार पुर्णबहादुर तामाङ (कान्छाराम)ले २४ हजार चार सय ५१ मत प्राप्त गरेका छन् भने एमालेका कैलाशप्रसाद ढुङ्गेलले १६ हजार छ सय ८२ मत प्राप्त गरेका छन्र ।

प्रतिक्रिया