पाल्पा–१ मा भारी मतान्तरसहित एमालेका आचार्य विजयी


पाल्पा – प्रतिनिधिसभा सदस्यतर्फ पाल्पा–१ मा भारी मतान्तरसहित नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य निर्वाचित भएका छन् ।

सत्तारूढ गठबन्धनका साझा उम्मेदवार तथा नेपाली कांग्रेसका नेता ज्ञानबहादुर गाहालाई १० हजार ८४८ मतान्तरलेपछि पार्दै आचार्य निर्वाचित भएका हुन् ।

शुक्रबार दिउँसो सकिएको मतगणनाको अन्तिम मतपरिणामअनुसार आचार्यले ३१ हजार १०३ मत प्राप्त गरेका हुन भने गाहाले २० हजार २५५ मत ल्याएका छन् ।

यहाँ स्वतन्त्र उम्मेदवार विपिन कँडेलले २ हजार ८६३ मत पाएका छन् ।

प्रतिक्रिया