

रेशम चौधरीको पार्टीको तेस्रो जित
कैलालीका १, २ र ३ निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी

कैलाली—कैलाली क्षेत्र नम्बर-२ बाट रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका अरूनकुमार चौधरी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।
उनले नेकपा एमालेका उम्मेदवार झपटबहादुर रावललाई हराएका हुन्। यससँगै उक्त पार्टीले प्रतिनिधिसभा तेस्रो जित हात पारेको छ । यसअघि कैलालीकै १ र ३ बाट पनि उक्त पार्टीकै उम्मेदवार गंगाराम चौधरी र रञ्जीता श्रेष्ठ चौधरीले जित हात पारेका छन् ।
अरूनले २१ हजार ८ सय ७१ मत ल्याएका छन् भने रावलले १६ हजार १ सय २८ मत ल्याएका छन्। अरूनले ५ हजार सात सय ४३ मतान्तरले जितेका हुन्।
यो क्षेत्रमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका बगतबहादुर बढुवालले १५ हजार एक सय १६ मत ल्याएका छन्।
यसबाहेक रेशम चौधरीका बुवाले बर्दियाबाट स्वतन्त्रबाट जित हात पारेका छन् ।

