

लालबाबु पण्डितलाई हराउँदै शेखर कोइराला निर्वाचित

माेरङ — माेरङ क्षेत्र ६ मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता शेखर काेइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले १२ हजार २८४ सय मत अन्तरले एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई पछि पार्दै विजयी भएका हुन् ।
काेइरालाले ३५ हजार २१३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका छन् । पहिलाे संविधानसभाकाे उपनिर्वाचन र दाेस्राे संविधानसभामा विजयी काेइराला २०७४ काे प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।

