सिन्धुपाल्चोक–२ मा कांग्रेसका मोहन बस्नेत ११,८७४ मतान्तरले विजयी


काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित भएका छन् । उनी ३९ हजार ३६७ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले)का शेरबहादुर तामाङले २७ हजार ४९३ मत ल्याए ।

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका तामाङ ११ हजार ८७४ मतले पराजित भएका हुन् ।

प्रतिक्रिया