

यी तीन निर्वाचन क्षेत्रको अझै भएन मतगणना

काठमाडौं – गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना अझै तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा हुन बाँकी रहेको छ ।
बाजुरा, स्याङ्जा र दोलखाका तीन निर्वाचन क्षेत्रमा मगतणना हुन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
निर्वाचनका बारेमा उठेका प्रश्नको निरुपणका लागि अनुसन्धान भइरहेकाले ती क्षेत्रमा मतगणनामा केही ढिलाइ भएको उनको भनाइ छ । कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ६२ स्थानमा मतगणना जारी छ ।
आयोगका अनुसार हालसम्म ५३ स्थानको नतिजा आइसकेको छ । आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार नेपाली कांग्रेस ३२, नेकपा (एमाले) २०, नेकपा (माओवादी केन्द्र) ९, नेकपा (एकीकृत समाजवादी) ७, राष्ट्रय स्वतन्त्र पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ४, जरपा २ लोसपा २ नागरिक उन्मुक्ति पार्टी २ र अन्य दल तथा उम्मेदवार ४ स्थानमा विजयी भएका छन् ।

