बाँके-३ बाट कांग्रेसका किशाेरसिंह राठाैर विजयी


बाँके – बाँके जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी भएका छन् ।

वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राठौरले २९ हजार ४० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले बताए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार किस्मतकुमार कक्षपतिले २४ हजार दुई सय ४७ मत प्राप्त गरे ।

राठौरले चार हजार सात ९३ मतको अन्तरले कक्षपतिलाई पराजित गरे । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवेन्द्रनाथ शुक्लाले सात हजार चार सय ३९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत भण्डारीले बताए । उनका अनुसार सो क्षेत्रमा कूल ७४ हजार दुई १३ मत खसेको थियो ।

प्रतिक्रिया