दाङ-३ः कोमल वलीविरुद्ध दिपक गिरीले बढाए मतान्तर


दाङ – दाङ–३ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले नेकपा एमालेकी कोमल वलीविरुद्ध मतान्तर बढाएका छन् । पछिल्लो मतगणना अनुसार अहिलेसम्म १८२६० मत गणना हुँदा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी१ हजार ५ सय बढीको मतान्तरले अगाडी रहेका छन् ।

पूर्व मन्त्रीसमेत रहेका नेता गिरीले ७४३७ मत प्राप्त गर्दा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले ५८७९ मत प्राप्त गरेकी छन्।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुबेदीले ३०३१ मत प्राप्त गरेका छन्।  यहाँ कुल मतदाता १ लाख ४६ हजार ४७५ रहेकोमा ९० हजार १५० मत खसेको थियो।

प्रतिक्रिया