

समानुपातिकमा एमालेको अग्रता कायमै, यी हुन् धेरै मत ल्याउने टप १० राजनीतिक दल (मतसहित)

काठमाडौं — प्रतिनिधिसभा समानुपातिकतर्फ झन्डै ८ लाख मतको गणना सकिएको छ । पछिल्लो मतगणनाअनुसा अहिलेसम्म नेकपा एमालेले अग्रता कायम राखेको छ।
७ लाख ८१ हजार ३ सय १९ सदर मतमध्ये एमालेले २२१६५३ (२८.३६ प्रतिशत) मत पाएको छ।
त्यस्तै दोस्रोमा नेपाली कांग्रेस छ। कांग्रेसले १९८७६९ (२५.४४ प्रतिशत) मत पाएको छ।
तेस्रोमा रहेको नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख मत कटाएको छ। घन्टी चिन्ह भएको उक्त पार्टीले १०१७०३ मत अर्थात् १३.०३ प्रतिशत मत पाएको छ।
चौथो स्थानमा रहेको माओवादीले ९२१८४ मत (११.०१ प्रतिशत) मत पाएको छ।
त्यस्तै पाँचौं स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५१९०१ मत (६.६४ प्रतिशत) मत ल्याएको छ ।
जनता समाजवादी पार्टीले १६८५६ (२.१ प्रतिशत) मत पाएको छ।
सिके राउत नेतृत्वको जनमत पार्टीले १६१७६, नेपाल मजदुर किसान पार्टी १३६१७, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ११९५६, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी १०४६८ मत पाएको छ। अन्य दलहरूले ४६०३६ मत पाएका छन्।

