गोरखा १ प्रदेश ‘ख’ मा कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी


काडमाडाैँ- गोरखा क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ मा नन्दप्रसाद न्यौपाने बिजयी भएका छन् । गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार न्यौपानेले १६ हजार दुई सय ६१ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मोहनप्रसाद भट्टराईले सात हजार पाँच सय ३३ मत पाए भने स्वतन्त्र उम्मेदवार राजेन्द्र पराजुलीले तीन हजार पाँच सय ८८ मत प्राप्त गरे ।

उक्त प्रदेशमा २९ हजार छ सय ८६ मत खसेको थियो। बिजयीको औपचारीक घोषणा हुन भने बाँकी रहेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया