

पर्सा–४ मा कांग्रेसका रमेश रिजाल विजयी

काठमाडैं- नेपाली कांग्रेसका नेता रमेश रिजाल निर्वाचित भएका छन् । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ बाट उनी निर्वाचित भएका हुन् ।
रिजालको प्रतिस्पर्धा एमालेका जालिय मियाँसँग भएको थियो । मियाँलाई उनले ५ हजार ५२३ मतान्तरले पराजित गरेको अयोगको तथ्यांकले देखाएको छ ।
रिजालले ३१ हजार १४२ मत ल्याउँदा एमालेका मियाँले २५ हजार ६१९ मत प्राप्त गरेको निर्वाचन अधिकृत रमेश श्रेष्ठले जानकारी दिए।

