

चितवन २ : रवि लामिछाने ७ हजार बढी मतले अगाडि

काठमाडौँ- चितवन २ को मतपरिणाम रोचक देखिएको छ। सुरुवाती चरणमा तेस्रो स्थानमा अरू उम्मेदवालाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले अहिले भने सबैलाई छोडेर आफू अघि लागेका छन्। लामिछानेले आफूलाई पछ्याइरहेका नेताको भन्दा सात हजार बढी मत ल्याएर अग्रता बढाइरहेका छन्।
२७,४९४ मत गणना गर्दा लामिछाने ७३९२ भोटले अघि छन्। उनले १३६४१ ल्याएका छन् भने एमालेका कृष्णभक्त पोखरेलको ६२४९ मत छ। कांग्रेसका उमेश श्रेष्ठको ५९३५ मत छ।

