

कास्की २ मा एमालेकी विद्या भट्टराईको अग्रता

कास्की – प्रतिनिधि सभाअन्तर्गत कास्की क्षेत्र नम्बर २ मा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईको अग्रता सुरु भएको छ ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेकाेमा पछिल्लो मत परिणाम अनुसार एमालेकी भट्टराईले अग्रता लिएकी हुन् ।
एमालेकी भट्टराईले ५ हजार ५ सय ८८ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले ५ हजार १ सय ९४ मत प्राप्त गरेका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले २ हजार ९ सय ५४ मत प्राप्त गरेका छन् ।

