सिन्धुपाल्चोक-२ मा कांग्रेसका बस्नेतको अग्रता कायमै


मेलम्ची – सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतले एक हजार ९ सय ५२ मतले अग्रता लिएका छन्।

लोकतान्त्रिक वाम(गठबन्धनका तर्फबाट उम्मेदवार बनेका बस्नेतले छ हजार पाँच सय ९२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का शेरबहादुर तामाङले चार हजार छ सय ४० मत प्राप्त गरेका छन् ।

प्रदेशसभा १ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का युवराज दुलालले अग्रता लिएका छनु । दुलालले छ हजार छ सय ७२ मत पाउनुभएको छ भने नेकपा (एमाले)का अमान सिंह तामाङले चार हजार चार सय २९ मत पाएका छन् । दुलालले दुई हजार दुई सय ४३ मतको अग्रता लिएका हुन् ।

प्रतिक्रिया