काठमाडौं-५ः लगातार मतान्तर बढाउँदै प्रदीप पौडेल, एमालेका ईश्वर पोखरेल २५ सय बढी मतले पछाडी


काठमाडौं – नेपाली कांग्रेसका उम्मेदवा प्रदीप पौडेलले मतान्तर लगातार बढाउँदै लगेका छन् । पछिल्लो मतगणनाअनुसार पौडेलले एमाले उम्मेदवार ईश्वर पोखरेलसँगको मतान्तर २५३८ पुर्‍याएका छन् ।

मंगलबार दिउँसोसम्म २४ हजार ९०० मत गणना हुँदा पौडेलले ८ हजार २२० मत पाएका छन् भने एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले ५ हजार ६८२ मत पाएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रणयशमशेर राणाले दुई हजार ९४५ र राप्रपाका रामप्रसाद उप्रेतीले एक हजार ७६० मत पाएका छन् । स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले २७१ मत पाएकी छन् ।

प्रतिक्रिया