ललितपुर-३ मा तोसिमाले लिइन् २ हजार बढी मतको अग्रता


ललितपुर – ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ७ हजार ७६४ मतसहित अग्रता बढाउँदै लगेकी छिन् ।

पछिल्लो मतपरिणामअनुसार उनी निकटतम प्रतिस्पर्धी भन्दा २०५१ मतले अगाडी रहेकी छिन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले ५ हजार ८१३ मत ल्याएका छन् ।

त्यस्तै गठबन्धनकी उम्मेदवार पम्फा भुषालले ३ हजार २६८ मत ल्याएकी छिन् ।

प्रतिक्रिया