
ललितपुर ३ मा डा. तोसिमा कार्की १४ सय मतले अगाडि
ललितपुर – ३ राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ५ हजार ८ सय २७ मतसहित अग्रस्थानमा यथावत् रहेकी छिन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले ४ हजार ४३३ मत ल्याएका छन् । डा. कार्की १ हजार ३ सय ९४ मतले अगाडि रहेकी छिन् ।
त्यस्तै गठबन्धनकी उम्मेदवार पम्फा भुषालले २ हजार ५४१ मत ल्याएकी छिन् ।



कागजपत्र |
