

काभ्रेमा कांग्रेसका हुमागाईंको लगातार अग्रता

काभ्रे — काभ्रेको क्षेत्र नं. २ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले आफ्नो अग्रता कायमै राखेका छन् ।
नेकपा एमालेका गोकुल बाँस्कोटालाई पछि पार्दै हुमागाईंले आफ्नो अग्रता कायमै राखेका हुन् ।
पछिल्लो मतपरिणाम अनुसार हुमागाईंले ४११५ मत पाएका छन् भने एमालेका बाँस्कोटाले २८५३ मत पाएका छन् । यी दुईबीच १२६२ मतको अन्तर रहेको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ५४९ मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेपाली कांग्रेसका मधु आचार्यलाई पराजित गर्दै एमालेका बाँस्कोटा निर्वाचित भएका थिए ।

