गगन थापाको जित !

आफ्नै वडाको चार हजार ८८१ मत गन्न बाँकी हुँदा थापा ५ हजार ९ सय ५२ मतले अगाडि


काठमाडौं — कांग्रेस महामन्त्री गगनकुमार थापा प्रतिनिधिसभा सदस्य पदमा विजयी हुने निश्चित भएको छ । उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट निर्वाचित हुने पक्का भएको हो ।

एउटा वडाको मात्र मत गणना गर्न बाँकी रहेको अवस्थामा थापा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईभन्दा करिब ६ हजार मतले अगाडि रहेको अवस्थामा थापाको जित निश्चित भएको हो ।

पछिल्लो परिणामानुसार थापा उनका निकटतम प्रतिस्पर्धी भट्टराईभन्दा पाँच हजार ९५२ मतान्तरले अगाडि छन् । अब काठमाडौं–३० को चार हजार ८८१ मत मात्र गन्न बाँकी छ । अर्थात्, गन्न बाँकी पूरै मत भट्टराईलाई गए पनि थापा विजयी हुने देखिन्छ । तर यो थापा बसोबास गर्ने क्षेत्र र मतदान गर्ने वडा हो ।

हालसम्म थापाले १८ हजार ९७५ मत पाएका छन् । भट्टराईले भने १३ हजार २३ मत ल्याएका छन् ।

प्रतिक्रिया