चितवन २ः सय मत गन्दा रवि लामिछानेले ल्याए ५ मत


चितवन – देशकै सबैभन्दा प्रतिक्षित चितवन–२ को मतगणना सुरु भएको छ ।

प्रारम्भिक मतपरिणामअनुसार अहिलेसम्म १०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् ।

पोखरेलले ५३, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३ र राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले ५ मत पाएका छन् । यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना सुरु गरिएको हो ।

प्रतिक्रिया