
‘उहाँले स्थानीयलाई जम्मा गरेर बजेट दिन्छु भन्नुभयो’
गण्डकी – गण्डकी प्रदेशका अर्थमन्त्री एवं गठबन्धनबाट कास्की ३ का प्रतिनिधिसभा उम्मेदवार रामजीप्रसाद बराललाई एमाले कार्यकर्ताले लखेटेका छन् ।
माओवादी नेता बराल स्थिर अवधिमा शुक्रबार साँझ साढे पाँच बजे अन्नपूर्ण गाउँपालिका-१ भीर मुनिभन्ने ठाउँमा पुगेका थिए । त्यहाँ मत माग्न पुगेको भन्दै बराल, पूर्व सांसद एवं माओवादी नेतृ दुर्गा विकलगायत माओवादी कार्यकर्तालाई एमालेका कार्यकर्ताले लखेटेका हुन् ।
एमाले अन्नपूर्ण गाउँ कमिटी अध्यक्ष विवेक देवकोटाले घरदैलो र मतदाता प्रलोभन गर्न आएकाले आफूहरूले प्रहरीलाई बुझाएको बताए । ‘उहाँले स्थानीयलाई जम्मा गरेर प्रलोभन पार्न खोज्नुभएको थियो । बजेट दिन्छु भन्नुभयो । हामीले मौन अवधिमा प्रचार गर्न हिँड्न पाइँदैन भनेर प्रहरीको जिम्मा लगायौँ,’ उनले भने ।
उम्मेदवार बरालले भने आफू आफन्त बिरामी भएकाले भेट्न गएको दाबी गरेका छन् । बराल पुगेको वस्ती अन्नपूर्णको विकट गाउँमध्ये पर्छ । उम्मेदवार बरालको गाउँ भने पोखरा–२२ पुम्दी–भुम्दी हो ।



कागजपत्र |
