काङ्ग्रेस सभापति देउवा र अमेरिकी राजदूतबीच भेटवार्ता


काठमाडौँ – जो वाइडनले राष्ट्रपतिको कार्यभार सम्हालेलगत्तै नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले काठमाडौँमा राजनीतिक भेटघाट तीव्र बनाएका छन् ।

सोमबार नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत बेरीले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन्।

सभापति देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा उनिहरुबीच नयाँ राष्ट्रपतीय प्रशासन आएपछिको उक्त प्रशासनको विश्वव्यापी प्राथमिकताहरूको बारेमा छलफल भएको नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ।

भेटका क्रममा राजदूत बेरीले लोकतन्त्रहरूको सबलीकरण, जलवायु परिवर्तन तथा महिला अनि बालिकाहरूको अधिकारको प्रवर्द्धन लगायत अमेरिकी सरकारका प्राथमिकताका प्रतिवद्धताहरू पुनः दोहोर्याएको जनाइको छ।

भेटमा उनिहरुबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकौंदेखिको विकास साझेदारी अझ प्रभावकारीरुपमा अघि बढाउनेलगायत विषयमा छलफल भएको थियो।

राजदुत बेरीले सोमबार नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटबार्ता गरेका थिए । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग अमेरिकी राजदूत बेरीले गत शुक्रबार नै भेटभार्ता गरिसकेको छन् । भेटमा अमेरीकी राष्ट्रपति बाइडनको प्राथमीकताका विषयमा छलफल भएको बताएका छन् ।

प्रतिक्रिया