

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं – नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज मंगलबार बस्दैछ । गत पुस ७ गतेदेखि सुरु भई पुस १९ गतेमा स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो । पार्टी कार्यालय सानेपा ललितपुरमा दिउँसो बस्ने बैठकमा प्रतिनिधिसभा विघटनपछिको राजनीतिक परिस्थितिका विषयमा छलफल हुने बताइएको छ ।
बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने नेताहरूले जनाएका छन् । काँग्रेसमा संस्थापन इतर प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलनको पक्षमा छ भने सभापति शेरबहादुर देउवा पक्ष अदालतको फैसला कुर्ने पक्षमा छन् । यसअघि ५ दिनसम्म चलेको बैठकमा २१ जनाले मात्रै आफ्नो धारणा राखेका छन् ।

