नेपालमा पहिलोपटक ‘ब्याचलर्स इन इन्टरनेसनल कलिनरी आर्टस्’ पढाइ सुरु


काठमाडौं – नेपालमा पहिलोपटक ‘ब्याचलर इन इन्टरनेसनल कलिनरी आर्टस्’ पढाइ सुरु हुने भएको छ । सिल्वर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले ‘कलिनरी आर्टस्’ मा स्नातक अध्यापन गर्न लागेको हो ।

होटल क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति उत्पादन गर्न ‘ब्याचलर इन इन्टरनेसनल कलिनरी आर्टस्’ पढाइ सुरु गर्न लागिएको कलेजका अध्यक्ष तथा प्रधानाध्यापक समीर थापाले बताएका छन् । यो चार वर्षे कोर्स रहेको र उक्त कोर्स कोर्स गरेपछि खाद्य उत्पादनमा विशेषज्ञता हासिल हुने अध्यक्ष थापाले बताए ।

विश्वभरिका अग्रणी शिक्षक, खाद्य विशेषज्ञ र शेफहरूद्वारा कलेजमा अध्यापन हुने जनाइएको छ । आफूहरूले नाफाभन्दा पनि गुणस्तरीय शिक्षा दिने उद्देश्य राखेको कलेजले जनाएको छ ।

यो कोर्सका लागि क्विन मार्गरेट युनिभर्सिटीबाट सम्बन्धन प्राप्त भएको थापाले बताएका छन् । निजी क्षेत्रबाट सञ्चालन भए पनि कलेजले न्युन शुल्कमा पढाउने प्रधानाध्यापक थापाले बताए ।

प्रतिक्रिया