काठमाडौ- १६ का वडाध्यक्ष रिजाललाई जरिवाना


काठमाडौं – निर्वाचन आयोगले काठमाडौं महानगरपालिका वडा नं। १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता उल्लङ्घनमा पाँच हजार जरिवाना गरेको छ ।

वडाअध्यक्ष रिजालले आचारसंहिताविपरीत काठमाडौं क्षेत्र नं ६ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टि भएपछि आयोगले जरिवाना गराउने निर्णय गरेको हो । रिजालले कांग्रेसको प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको थियो ।

रिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क) को प्रतिबन्धात्मक वाक्यांश (४०) प्रतिकूल हुनेगरी कार्य पुष्टि भएकाले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया