नेप्से परिसूचकमा ४३.२० अंकको वृद्धि


काठमाडौं – साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से २ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । आइतबार बजार परिसूचक नेप्से ४३.२० अंक (२.२५ प्रतिशत)ले वृद्धि भएर १९६५.३६ अंकमा बन्द भएको छ ।

नेप्से उकालो लाग्दा कारोबार रकम पनि बढेको छ । गत बिहीबार ८० करोडमा सीमित भएको कारोबार रकम बढेर आइबार डेढ अर्ब नाघेको छ । आइतबार बजारमा १९ लाख १३ हजार ५७३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५४ करोड ८० लाख ३३ हजारको कारोबार भएको छ ।

आइतबार नेप्सेमा कुल १८६ कम्पनीको सेयर कारोबार हुँदा १८५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । सिटिजन्स बैंकको सेयर मूल्य भने ०.५३ प्रतिशतले गिरावट भएको छ ।

प्रतिक्रिया