कांग्रेसले बाँड्यो ७ करोड २२ लाख चुनाव खर्च

प्रतिनिधि सभाका ९१ जना उम्मेदवारलाई ४ लाख रुपैयाँ र प्रदेश सभातर्फ एक सय ७९ जनालाई २ लाख रुपैयाँका दरले चुनाव खर्च


काठमाडौं — नेपाली कांग्रेसले आसन्न निर्वाचनमा उम्मेदवारी दिएका आफ्ना उम्मेदवारलाई चुनाव खर्च दिएको छ । कांग्रेसले उम्मेदवारहरूलाई ७ करोड २२ लाख रूपैयाँ चुनाव खर्चबापत वितरण गरेको छ ।

मंसिर ४ मा हुने चुनावका लागि कांग्रेसबाट प्रतिनिधि सभातर्फ ९१ र प्रदेश सभातर्फ एक सय ७९ जनाले उम्मेदवारी दिएका थिए। पार्टी कार्यालय स्रोतका अनुसार प्रतिनिधिसभाका उम्मेदवारलाई प्रति उम्मेदवार ४ लाख रुपैयाँ र प्रदेशसभाकालाई २ लाख रुपैयाँका दरले चुनाव खर्च दिइएको हो । यसरी चुनाव खर्च दिँदा पार्टीले प्रदेशसभा तर्फ ३ कराेड ५८ लाख वितरण गरेको छ भने प्रतिनिधिसभा तर्फ ३ करोड ६४ लाख रूपैयाँ वितरण गरेको जनाइएको छ ।

कांग्रेसले विगतदेखि नै चुनावमा पनि उम्मेदवारलाई खर्च दिने गरेको थियो । सोही अनुसार यसपटक पनि उम्मेदवारहरुलाई चुनाव खर्च दिइएको हो ।

प्रतिक्रिया